५७ लाख श्रीलङ्कालीलाई मानवीय सहायता आवश्यक



श्रीलङ्काका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको बताइएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था, आइसिआरसीले सो कुराको जानकारी दिएको हो । उक्त संस्थाका अनुसार श्रीलङ्काका करिब ५७ लाख मानिस मानवीय सहायताको खाँचोमा रहेका छन् ।

हालैका केही महिनायता श्रीलङ्काले जटिल आर्थिक समस्याको सामना गरिरहेको छ । यहाँका कतिपय नागरिकलाई दैनिक आधारभूत आवश्यकताको नै खाँचो पर्दै गएको देखिएको पनि सो संस्थाले हालै मात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा देखिएको छ ।

पछिल्लो समयमा श्रीलङ्का मुद्रास्फिती, वैदेशिक मुद्राको अभाव झेल्नुपरेको छ । जसका कारण यहाँको आर्थिक अवस्था निकै कमजोर हुदै गएको छ ।

यहाँ आर्थिक समस्यासँगै कृषि उत्पादनमा पनि कमी आएकाले खाद्यान्न असुरक्षाको अवस्था पनि देखिएको छ । खाद्य असुरक्षाका कारण नै यहाँका नागरिकलाई विशेषगरी मानवीय सहायता आवश्यक परेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मल बीऊको अभावमा यहाँ स्वदेशी कृषि उपज पनि आवश्यक मात्रामा उत्पादन हुन नसकेको र स्वदेशी खाद्यान्नबा राष्ट्रिय स्तरमा हुने मागको पूर्ति हुन नसकेको बताइएको छ । श्रीलङ्कामा आर्थिक समस्यासँगै कृषिमा पनि समस्या उत्पन्न भएको छ । किसानले समयमै मल र बीऊ पाउन नसकेकाले यस्तो आवस्था आएको बताइएको छ ।

यहाँका करिब ४९ लाख नागरिकले खाद्य असुरक्षाको समस्या भोग्नुपरेको बताइएको छ । यसरी यहाँको जनसंख्याको करिब २२ प्रतिशत जनसंख्या खाद्य असुरक्षाको समस्यामा परेको पनि प्रतिवेदनमा जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको अध्ययनले पृथ्वीका नदीहरूको नयाँ विश्वव्यापी लेखाजोखा प्रदान गर्ने

  नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ

विद्यमान चुनौतीहरू पार गर्न पाकिस्तानले आर्थिक सुधार गर्ने प्रधानमन्त्री सरिफको भनाई

  पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी चुनौतीलाई सम्बोधन गर्न

चाङ’ई–६ प्रक्षेपण गर्ने चीनको तयारी

  चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायलतर्फ प्रस्थान

  मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही सदस्य इजरायलतर्फ जान लागेका छन् ।  यो प्रयास दक्षिणी