पेरिस सहायता सम्मेलनमा युक्रेनका लागि १ अर्ब युरो दिने प्रतिबद्धता


पेरिसमा आयोजित युक्रेनका लागि सहायता सम्मेलनमा भेला भएका देशहरूले यस हिउँदमा युद्धग्रस्त देशलाई मद्दत गर्न करिब एक अर्ब युरोको सहायता दिने वाचा गरेका छन् ।फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले यस निर्णय सार्वजनिक गरेकी हुन् ।

मन्त्री क्याथरिनले यी नयाँ प्रतिबद्धताहरू ऋण नभई उपहार भएको बताइन् । रुसले युक्रेनमा गरेको आक्रमणबाट भौतिक संरचनामा ठूलो क्षति पुगेपछि त्यसको पुनर्निर्माणका लागि सहयोग जुटाउन सहायता सम्मेलन गरिएको हो ।