युरोपेली आयोगद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव



युरोपेली आयोगले बुधवार युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा दबाब बढाउने बताएकी छन् ।

‘रूसले युक्रेनमा मृत्यु र विनाशको शृङ्खला जारी राखेको छ। यसले जाडो यामको शुरुमा युक्रेनलाई ऊर्जाविहीन बनाउँने उद्देश्यले नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाएको छ। हामी युक्रेनको पक्षमा उभिरहेका छौं र हामी रूसलाई यसको क्रूरताको लागि जवाफ दिदैछौँ,’ उर्सुला भोन डरले बताइन् ।

युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनि सहित २०० थप व्यक्ति र संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजिप्टमा गाजा युद्धविराम योजनाको हमासले आज जवाफ दिने

  हमासका एक वरिष्ठ अधिकारीले इजिप्टमा आज गाजा युद्धविरामका लागि इजराइलको पछिल्लो काउन्टर

पाकिस्तानको खैबर पख्तुनख्वामा न्यायाधीश अपहरित

  दक्षिण बजिरिस्तानमा आफ्नो कर्तव्य पालन गरिरहेका जिल्ला न्यायाधीश शकिरुल्ला मारवातलाई खैबर पख्तुनख्वाको

गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव परेको साउदी अरबको भनाइ

इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी

टेस्लाका सिइओ एलन मस्क चीनमा

  अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीन