ऊर्जा केन्द्रित भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा



चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब आइपुगेका छन् । भ्रमण बिशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित हुने सम्भावना रहेको छ ।

सीको भ्रमण संयुक्त राज्य अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो । व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन अमेरिकाबीचको सम्बन्धमा विगत केही समयदेखि तनावपूर्ण रहँदै आएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका नेताका रुपमा चिनिएका सी तीन दिने भ्रमणका लागि राजधानी रियाद आइपुगेका हुन् । रियादमा उनको न्यानो स्वागतको अपेक्षा चीनले गरेको छ । राष्ट्रपति सीको भ्रमणको बिषयलाई साउदी सञ्चारमाध्यमले विशेष महत्व दिएर प्रकाशन गरेका छन् ।

कच्चा तेलको प्रमुख निर्यातक साउदी अरब र चीन (दुवै पक्ष) कोभिड र युक्रेन युद्धका कारण देखिएको विश्वव्यापी आर्थिक उथलपुथल साथै भूराजनीतिक पुनःमिलनको समयमा आफ्नो सम्बन्ध विस्तार गर्न उत्सुक देखिन्छन् ।

कोरोना भाइरस महामारी सुरु भएयता सीको यो तेस्रो विदेश यात्रा हो । सन् २०१६ पछि उनको पहिलो साउदी अरब भ्रमण जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडनको भ्रमणपछि भएको हो ।

सम्मेलनमा साउदी अरबका राजा सलमान र युवराज मोहम्मद बिन सलमानसँग द्विपक्षीय भेटवार्ताका साथै छ सदस्यीय गल्फ को–अपरेशन काउन्सिलसँग शिखर सम्मेलन र व्यापक चीन–अरब शिखर सम्मेलन हुनेछ ।

भ्रमण कार्यक्रमबारे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, “यो कार्यक्रमले चीन र अरब जगतबीच जनगणतन्त्र चीनको स्थापनापछिको सबैभन्दा ठूलो कूटनीतिक गतिविधिको प्रतिनिधित्व गर्दछ ।”

साउदी प्रेस एजेन्सीका अनुसार सन् २००५ देखि २०२० को बीचमा अरब विश्वमा चिनियाँ लगानीको २० प्रतिशतभन्दा बढी हिस्सा साउदी अरबले ओगटेको थियो ।

विशेष गरी फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेपछि बजारले अनुभव गरेको अशान्तिलाई ध्यानमा राख्दै चीन र साउदी अरबबीचको वार्ताका लागि तेल बजार एक प्रमुख बिषय हुने अपेक्षा गरिएको छ ।

क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका गरी सात प्रमुख विकशित देशहरू सङ्गठित रहेको जी–सेबेन र युरोपेली संघ (इयू) ले क्रेमलिन युद्धका स्रोतलाई अस्वीकार गर्ने प्रयासस्वरुप रूसी तेलको मूल्य प्रतिब्यारेल ६० अमेरिकी डलर कायम गर्ने सहमति गरेपछि भएको सीको भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

आइतबार साउदी अरब र रूसको संयुक्त नेतृत्वमा रहेको तेल निर्यात गर्ने मुलुकहरूको संस्था ओपेक प्लसले अक्टोबरमा स्वीकृत गरेको दैनिक २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने निर्णय गरेको थियो ।

साउदी अरब र चिनियाँ अधिकारीहरूले कार्यसूचीको बारेमा थोरै जानकारी दिएका छन्, यद्यपि सरकारका निकट साउदी विश्लेषक अली शिहाबीले ‘धेरै सम्झौताहरूमा हस्ताक्षर हुने’ सङ्केत गरेका छन् ।

विश्लेषकहरूका अनुसार ऊर्जाबाहेक दुई देशका नेताहरूले सम्भावित सम्झौताहरूमा छलफल गर्ने सम्भावना छ जसले चिनियाँ फर्महरू ठूला परियोजनाहरूमा अझ गहिरो रूपमा सम्लग्न हुन सक्दछन्, जुन राजकुमार मोहम्मदको तेलबाट टाढा साउदी अर्थव्यवस्थालाई विविधीकरण गर्ने दृष्टिकोणको केन्द्रमा छन् ।

यसमा नियोम भनिने भविष्यको ५०० अर्ब डलरको मेगासिटी समावेश छ । नियोम एक तथाकथित संज्ञानात्मक शहर हो जुन अनुहार पहिचान र निगरानी प्रबिधिमा धेरै निर्भर गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ