मुम्बई हमलाका दोषीलाई न्यायको कठघरामा उभ्याउने भारतको प्रतिवद्धता



भारतीय विदेशमन्त्री एस जयशङ्करले सन् २००८ मा मुम्बईमा भएको आतङ्कवादी हमलामा ज्यान गुमाएका थुप्रै देशसँग मिलेर काम गरिरहेको बताएका छन् ।

उनले भने, ‘यो एउटा यस्तो अवसर हो, जहाँ सिङ्गो देशले यसलाई सम्झेको छ । आज मुम्बईमा भएको २६/११ को आतंकवादी हमला भएको दिन हो । यतिका वर्ष बितिसक्दा पनि योजना बनाउने र त्यसको पालना गर्नेहरूले सजाय पाएका छैनन् । उनीहरूलाई न्यायको कठघरामा ल्याउन सकिएको छैन । यसलाई हामी उच्च महत्व दिन्छौं ।’

सन् २००८ मा लश्कर–ए–तैयबाका १० आतङ्ककारीले मुम्बईमा १२ स्थलमा संयुक्त रूपमा गोली प्रहार र बम आक्रमण गरेका थिए । घटनामा कम्तीमा १६६ जनाको मृत्यु भएको थियो भने ३०० जना घाइते भएका थिए ।

गत महिना भारतले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद् (यूएनएससी) को दुई दिने आतङ्कवाद विरोधी बैठक आयोजना गरेको थियो, जुन भारतको आतङ्कवाद विरोधी समिति (सीटीसी) को अध्यक्षतामा थियो ।

बैठकपछि, दिल्लीमा एउटा घोषणापत्र जारी गरिएको थियो जसमा आतङ्कवादीहरूलाई सुरक्षित आश्रय स्थलहरूमा प्रवेश गर्ने अवसरलाई एक महत्वपूर्ण चिन्ताको विषयका रूपमा हेरिएको र सबै सदस्य राष्ट्रहरूले आतङ्कवादविरुद्धको लडाइँमा पूर्ण सहयोग गर्नुपर्ने उल्लेख गरिएको थियो ।

घोषणापत्रमा सबै प्रकारका र अभिव्यक्तिमा आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा रहेको पनि स्वीकार गरिएको छ ।

यूएनएससीको विशेष बैठकमा जयशंकरले विशेष गरी एशिया र अफ्रिकालगायतका स्थानमा आतङ्कवादका खतरा बढ्दो र विस्तार भइरहेको बताएका थिए ।

‘मानवताको लागि सबैभन्दा गम्भीर खतरा’ सँग जुध्न सुरक्षा परिषद्को सर्वोत्तम प्रयासको बावजुद आतङ्कवादका खतरा बढ्दो र विस्तार भइरहेकोबारे उनले चिन्ता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई