अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलङ्काको योजना



श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले आगामी जनवरीसम्ममा निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताएका छन् ।

श्रीलङ्काले फेब्रुअरी २०२२ देखि दैनिक बिजुली कटौतीको सामना गरिरहेको छ । कुनै बेला दैनिक १३ घण्टासम्मको बिजुली कटौती भएको थियो ।

जुन अहिले दिनको लगभग दुई घण्टामा घटेको छ । मन्त्रीका अनुसार सरकारले पछिल्ला केही महिनामा विद्युत् कटौतीलाई ठूलो मात्रामा कम गर्न कदम चालेका छन् ।

हरेक वर्ष माघ र असार महिनामा विद्युत महसुल परिमार्जन गर्नु उपयुक्त हुने भन्दै उनले विद्युत महसुल परिमार्जन नगरी त्यसो गर्न नसकिने बताए ।

मन्त्रीका अनुसार उनीहरूले सन् २०२३ मा नवीकरणीय ऊर्जालाई बढावा दिने योजना पनि बनाएका छन् र यो श्रीलङ्काका लागि ऊर्जाको उत्तम स्रोत पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’