अल्जेरियामा चित्रकारको हत्यामा संलग्न १९ जनालाई मृत्युदण्ड



अल्जेरियाको एक अदालले एक जना चित्रकारको क्रुर ढङ्गले गरिएको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

गत वर्ष देशको उत्तरपूर्वी क्षेत्र काबिलीको जङ्गलमा आगो लगाएको आरोपमा एक सय जनाभन्दा बढीको भीडले चित्रकारको हत्या गरेको थियो ।

अधिकारीहरूका अनुसार वन डढेलो निभाउन गएका सैनिकसहित ९० जनाको ज्यान गएपछि स्थानीयले चित्रकार जामेल बेन इस्माइलको क्रुरतापूर्वक हत्या गरेका थिए । एक जना पुरूष र तीन जना महिलाले उनको शवलाई काटेर टक्राटुक्रा परी अन्तिममा जलाएका थिए ।

ती कलाकारले आफू आगो निभाउन जङ्गलमा जान लागेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । स्थानीयले जामेललाई आफ्नो क्षेत्रमा कहिल्यै नदेखेको तथा निजले नै वनमा आगो लगाएको आशङ्कामा उनलाई मारेका थिए ।

चित्रकार जामेलको हत्यामा एक सय जनाभन्दा बढी संलग्न रहेका थिए तर मुद्दा दर्ताका बखत सबैलाई विपक्षी बनाइएको थिएन ।

मृत्युदण्डको सजाय सुनाइएकालाई आजिवन काराबासको दण्ड हुनसक्ने अधिकारीहरूले बताएका छन् । अल्जेरियाले मृत्युदण्डमा रोक लगाएकाले त्यो काराबासको सजायमा रुपान्तरण हुन

सक्नेछ । केहीलाई केही वर्षको सजाय सुनाइएको छ भने ३८ जनालाई दुईदेखि १२ वर्षसम्मको जेल सजाय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको