श्रीलङ्काको केन्द्रीय बैङ्कद्वारा ब्याजदर समायोजन



श्रीलङ्काको केन्द्रीय बैंकले बिहीबार आफ्नो स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः १४.५० प्रतिशत र १५.५० प्रतिशत कायम राख्ने निर्णय गरेको छ ।

मौद्रिक बोर्डले आन्तरिक तथा विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित पछिल्लो र अपेक्षित घटनाक्रमका साथै समष्टिगत आर्थिक प्रक्षेपणलाई ध्यानमा राखेर निर्णय गरेको बैंकले जनाएको छ ।

बोर्डले अर्थतन्त्रमा कुनै पनि मागमा आधारित मुद्रास्फीतिको दबाबलाई नियन्त्रण गर्न कडा मौद्रिक नीतिको अडानमा अडिग रहनु आवश्यक रहेको उल्लेख गरेको छ ।

यसले दक्षिणपूर्वी एशियाली मुलुकलाई आर्थिक बर्षको मध्यमा ४ देखि ६ प्रतिशतको लक्षित सीमातर्फ मुद्रास्फीति घटाउन मद्दत पुग्ने बैङ्कले जनाएको छ ।

आपूर्ति पक्षको अनुकूल विकास र कडा मौद्रिक नीतिका उपायहरूका कारण सेप्टेम्बरमा शिखर पार गरेपछि अक्टोबरमा मुद्रास् घटेको बैङ्कले जनाएको छ ।

मागमा आएको गिरावट, आन्तरिक आपूर्तिमा अपेक्षित सुधार र विश्वव्यापी वस्तुको मूल्य सामान्यीकरणका कारण आगामी महिनाहरूमा मुद्रास्फीति दरमा निरन्तर कमी आउने बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’ मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको छ ।  घटना

इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको