रूस थप मल निर्यात गर्न तयार



रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्को मलको आपूर्ति विस्तार गर्न तयार रहेको र यस क्षेत्रका सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

“रूसी मलको निर्यातमा केही देशहरूले कृत्रिम अवरोधहरू सिर्जना गरेका छन्, जसले विश्व बजारमा नकारात्मक प्रभाव पारिरहेको छ,” पुटिनले खनिज उत्पादन र व्यापार आयोगका अध्यक्ष दिमित्री माजेपिनसँगको भेटमा भने ।

विभिन्न रूसी कम्पनीहरूले उत्पादन गरेका चार लाख टनभन्दा बढी मल प्रतिबन्धका कारण युरोपेली बन्दरगाहहरूमा हाल थुनिएको भेटमा माजेपिनले पुटिनसँग बताए ।

उनले भने, “यो अवस्था वास्तवमै कठिन छ । सबै कम्पनीले यो समस्या भोगिरहेका छन् । हामीले विभिन्न तरिकाले समस्या समाधान गर्ने प्रयास गर्यौं ताकि विशेष गरी अफ्रिकी देशहरूसहित विकासशील बजारहरूको लागि बनाइएको मलहरू आपुर्ति गर्न सकियोस् ।”

रुसी अधिकारीहरू संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र विभिन्न अफ्रिकी देशका नेताहरूसँग सम्पर्कमा रहेको पुटिनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली सेनाका गुप्तचर प्रमुखले दिए राजीनामा

बीबीसी । इजरायलको सैन्य गुप्तचर निर्देशनालयका प्रमुखले गत अक्टोबर ७ मा हमासले भीषण

नर्वेका राजा ह्याराल्डले आफ्नो कामको बोझ घटाउने

करिब दुई महिनाको बिरामी बिदापछि सोमबार काममा फर्किएका नर्वेका ८७ वर्षीय राजा ह्याराल्डले

सन् २०२३ मा इटालीको सार्वजनिक घाटा ईयूमा सबैभन्दा धेरै

इटालीको सार्वजनिक घाटा गत वर्ष अपेक्षा गरिएभन्दा बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजारभन्दा बढी

गाजा पट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार १५१