वासिङ्टनमा विमान दुर्घटना, ४ जनाको मृत्यु



अमेरिकी राज्य वासिङ्टनको स्नोहोमिश काउन्टीस्थित हार्भे फिल्ड एयरपोर्टको नजिक दुर्घटना हुँदा शुक्रबार चार जनाको मृत्यु भएको छ। सेस्ना २०८ बी विमान रेन्टनबाट उडेको करिब एक घण्टापछि दुर्घटना भएको हो ।

शनिबार बिहान स्नोहोमिश काउन्टी शेरिफको कार्यालयले विमानमा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरेको छ । नोहोमिश काउन्टी मेडिकल परीक्षकले पीडितहरूको पहिचान गरिरहेको छ ।

साथै यस दुर्घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासनद्वारा अनुसन्धान जारी छ । फेडरल एभिएसन एडमिनिस्ट्रेशन वेबसाइटका अनुसार आइडेन्टिफायर टेल नम्बर एन २०६९ बी भएको दुर्घटनाग्रस्त विमान अलास्काको कपर माउन्टेन एभिएसनको स्वामित्वमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’ मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको छ ।  घटना

इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको