म्यान्मारले करिब ६ हजार कैदीलाई रिहा गर्ने



म्यान्मारको सेनाले बेलायतका पूर्व राजदूत, एक जापानी पत्रकार र एक अष्ट्रेलियाली आर्थिक सल्लाहकारसहित करिब छ हजार कैदीलाई रिहा गरेको जनाएको छ ।

सेनाप्रति बफादार (जुन्ता) सरकारको निर्णय अनुसार राष्ट्रिय दिवसका अवसरमा रिहाई गरिएका स्वदेशी तथा विदेशी नागरिकलाई तीन वटा बसमा राखि जेलबाट बाहिर पठाइएको एएफपीका म्यानमार सम्वाददाताले बताए ।

गत वर्ष सेनाले गरेको ‘कू’ र असहमतिमाथिको रक्तपातपूर्ण दमनका कारण दक्षिणपूर्वी एशियाली राष्ट्र म्यानमार अशान्त बनेको छ र यस अवधिमा हजारौँलाई जेल सजाय सुनाइएको छ ।

बेलायतका पूर्वराजदूत विक्की बोमन, अष्ट्रेलियाका आर्थिक सल्लाहकार सिन टर्नेल र जापानी पत्रकार तोरु कुबोतालाई राष्ट्रिय दिवसका अवसरमा रिहा गरिने एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएका छन् ।

जुन्ता प्रशासनले तीनै जनालाई सुपुदर्गी गरिने बताएको छ तर यसका लागि मिति भने नतोकिएको बताएको छ । याङ्गुनको इन्सेन जेलबाहिर प्रियजनहरू रिहा हुने आशामा करिब २०० जना मानिस भेला भएका एएफपीका सम्वाददाताले बताएका छन् ।

प्रतिशोधको डरले आफ्नो नाम बताउन नचाहेकी एउटी महिलाले सेनाविरुद्ध असहमति जनाउन उक्साएको आरोपमा तीन वर्षको जेल सजाय भोगिरहेका आफ्ना पतिलाई पर्खिरहेको बताइन् । ‘यसअघि उनी युएसडीपी (सैन्य समर्थित राजनीतिक दल) समर्थक थिए ।  ‘कू’ पछि उनी प्रदर्शनमा सामेल भएका थिए । मलाई उनीप्रति गर्व छ,’ उनले भनिन् ।

जुन्ताका अधिकारीले करिब ७०० महिलाको पहिलेको आँकडालाई पुनरावलोकन गर्दैे लगभग ६०० महिलासहित कूल पाँच हजार ७७४ कैदीहरूलाई रिहा गरिने पुष्टि गरेका छन् ।

जुन्ताले आममाफीको घोषणा गर्ने आफ्नो वक्तव्यमा असहमतिमाथि सेनाको दमनका क्रममा क्षमादान गरिएकामध्ये कति जना पक्राउ परेका थिए भन्ने बिषयमा केही बताएको छैन ।

सन् २००२ देखि २००६ सम्म राजदूतको रूपमा काम गरेकी बोमनलाई आफ्नो विदेशी दर्ता प्रमाणपत्रमा उल्लेख गरिएको ठेगानाभन्दा फरक ठेगानामा बसिरहेको तर जानकारी नगराएको भन्दै अगस्टमा उनका पतिसहित हिरासतमा लिइएको थियो ।

उनीहरूलाई पछि एक वर्षको जेल सजाय सुनाइएको थियो । उनका पति म्यान्मारका चर्चित कलाकार हटेन लिनलाई पनि रिहा गरिने सैनिक अधिकारीले बताएका छन् ।

बेलायती कुटनीतिक स्रोतका अनुसार बोमनलाई अहिलेसम्म रिहा गरिएको छैन तर उनलाई रिहा गर्ने अपेक्षा गरिएको छ । जुन्टाको बयानमा उनका पतिलाई देश निकाला गर्ने सूचीमा समावेश गरिएको छैन ।

म्यान्मार र उसको पूर्व औपनिवेशिक शासक बेलायतबीचको सम्बन्धमा सेनाको कब्जापछि तिक्तता आएको छ र यस वर्ष जुन्ताले बेलायतले त्यहाँ आफ्नो मिसनलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गरेको छ ।

सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि पक्राउ परेका टर्नेल म्यान्मारकी नागरिक नेतृ आङ सान सुकीका सल्लाहकारका रुपमा कार्यरत थिए ।

उनी र सुकीलाई गत सेप्टेम्बरमा जुन्ताको अदालतले आधिकारिक गोपनीयता ऐन उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गर्दै तीन–तीन वर्षको जेल सजाय सुनाएको थियो ।

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले ट्वीटरमा लेखेकी छन्, “हामी प्रोफेसर सिन टर्नेलसँग सम्बन्धित रिपोर्टको स्वागत गर्दछौं ।

प्रोफेसर टर्नेल हाम्रो पहिलो प्राथमिकता हो । त्यसैले, हामी यस चरणमा थप टिप्पणी गर्नेछैनौं ।” २६ वर्षीय कुबोतालाई गत जुलाईमा याङ्गुनमा सरकारविरोधी र्यालीबाट म्यान्मारका दुई नागरिकसहित पक्राउ गरी १० वर्षको जेल सजाय सुनाइएको थियो ।

अमेरिकी नागरिक नाथन माउङ र ड्यानी फेन्स्टर, पोल्याण्डका रोबर्ट बोसियागा र जापानका युकी किताजुमीपछि म्यानमारमा पक्राउ पर्ने कुबोता पाँचौं विदेशी पत्रकार हुन् ।

युनेस्कोका अनुसार विद्रोहपछि कम्तीमा १७० जना पत्रकारलाई पक्राउ गरिएको छ भने करिब ७० जना अझै हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको