बर्लिनमा सन् २०२१ मा सम्पन्न निर्वाचनमा अनियमितता भएको अदालतको ठहर



जर्मनीको एक अदालतले १४ महिनाअघि बर्लिन राज्यमा सम्पन्न निर्वाचनको परिणाममा ‘व्यवस्थित त्रुटि’ भएको भन्दै पुनः मतदान गर्न आदेश दिएको छ ।

बर्लिनको संवैधानिक अदालतले सन् २०२१ को सेप्टेम्बर २६ मा भएको मतदानमा जर्मनीको राजधानी बर्लिनले आधारभूत ‘लोकतान्त्रिक’ मापदण्ड पूरा गर्न नसकेको ठहर गरेको छ ।

अदालतका मुख्य न्यायाधीश लुडगेरा सेल्टिङले राज्य विधायिका र सम्पूर्ण निर्वाचन क्षेत्रका लागि जिल्ला परिषद्को निर्वाचनलाई अमान्य घोषित गरिएको बताए ।

सम्भवतः मध्यमार्गी वामसोशल डेमोक्रेट (एसपीडी) का मेयर फ्रान्जिस्का गिफीको लागि धेरै संकीर्ण जीत पछि बहुमत स्थानान्तरण हुनेछ । गिफीले एसपीडी, ग्रीन्स र अति वामपन्थी डाई लिंकबीचको गठबन्धनको नेतृत्व गरेका छन् ।

क्षेत्रीय राज्यहरूको प्रतिनिधित्व गर्ने संघीय संसदको माथिल्लो सदन बुन्डेस्रातमा शक्ति सन्तुलनमा कुनै पनि गडबडीले परिवर्तन ल्याउन सक्छ ।

जर्मनीका तत्कालीन चान्सलर एन्जेला मर्केलको उत्तराधिकारीको निर्णयका लागि भएको आम निर्वाचन र शहरको विशाल म्याराथुन निर्वाचनको दिन गरिएको र यसले मतदानको निष्पक्षताबारे गुनासो आएको थियो ।

मतदान केन्द्रबाहिर लामो लाइन लाग्नु, मतपत्र हराउनु र अस्तव्यस्त मतदानको समयले धेरै कानूनी उजुरीहरूको आधार बनाएको थियो । सेल्टिङले ‘चुनावी त्रुटिहरूको गम्भीरता’ ले निर्वाचनको पुनरावृत्तिको ‘आवश्यकता’ बनाएको र ‘निर्वाचनको तयारीमा व्यवस्थित त्रुटिहरू’ भएका रिपोर्टबारे दुःख व्यक्त गरेका छन् ।

संघीय संवैधानिक अदालतको निर्णयपछि बर्लिनका केही जिल्लाहरूलाई आम चुनावमा पनि फेरि मतदान गर्न आह्वान गर्न सकिन्छ । यहाँको बहुमतले ओलाफ स्कोल्जलाई नयाँ चान्सलरका लागि मतदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको