विश्वव्यापी आर्थिक चुनौतीको सामनाका लागि जी–ट्वन्टीका नेताहरुको प्रतिवद्धता



जी–ट्वन्टी समूहको १७औँ शिखर सम्मेलनले विश्वव्यापी आर्थिक चुनौतीको सामना गर्न सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।

दुई दिने शिखर सम्मेलनको अन्त्यमा पारित घोषणापत्रमा जी–ट्वन्टी समूहका नेताहरूले विश्वव्यापी आर्थिक पुनरुत्थान, विश्वव्यापी चुनौतीहरूको सामना गर्न र सबल, दिगो, सन्तुलित र समावेशी विकासको जग बसाल्न सहयोग आवश्यक रहेको बताएका छन् ।

समूहले विकासशील देशहरू, विशेष गरी कम विकसित र साना टापु विकासशील देशहरूलाई विश्वव्यापी चुनौतीहरूको सामना गर्न र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ ।

नेताहरूले रोजगारी र वृद्धि प्रदान गर्ने सुदृढ, समावेशी र लचिलो विश्वव्यापी पुनरुत्थान र दिगो विकास हासिल गर्न समन्वय गर्ने बताएका छन् ।

यसैबीच, समूह २० का नामले परिचित विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी–ट्वेन्टीको सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता भारतलाई हस्तान्तरण गरेको छ ।

समूहका अध्यक्ष एवम् इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार शिखर बैठक समापान समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिकरूपमा समूहको अध्यक्षता हस्तान्तरण गरेका हुन् ।

जी ट्वेन्टीको अध्यक्षता सम्हाल्नु भारत र हरेक भारतीय नागरिकका निम्ति गर्वको विषय भएको बताउँदै अठारौँ शिखर सम्मेलन भारतका विभिन्न शहरमा आयोजना गरिने तथा समूहलाई परिवर्तनको संवाहक बनाउन उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको