पोल्यान्डमाथि सुनियोजित आक्रमणको कुनै आभास देखिँदैनः नेटो प्रमुख



नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले पोल्याण्डमा भएको घातक विस्फोट युक्रेनी विमानभेदी प्रतिरोधको परिणाम भएको बताएका छन् ।

उनले युक्रेन युद्धको कारण घट्ने कुनैपनि दुर्घटनाको अन्तिम जिम्मेवारी रूसको हुनुपर्ने दावी गर्दै पोल्याण्डको सीमा क्षेत्रमा भएको विस्फोटमा पोल्याण्डविरोधी आक्रमणको कुनै आभास नभेटिएको बताएका हुन् ।

नेटोका राजदूतहरूको बैठकको अध्यक्षता पछि स्टोलटेनबर्गले भने, “यस घटनाको अनुसन्धान जारी छ, र हामीले यसको परिणामको प्रतीक्षा गर्न आवश्यक छ । तर हामीसँग यो जानाजानी गरिएको आक्रमणको परिणाम थियो भन्ने कुनै सङ्केत छैन । हाम्रो प्रारम्भिक विश्लेषणले युक्रेनी हवाई प्रतिरक्षा क्षेप्यास्त्रले युक्रेनी भूमिको रक्षाका लागि रूसी क्रुज क्षेप्यास्त्र आक्रमणबाट बच्नका लागि प्रहार गरेको हुन सक्ने देखाएको छ,” नेटोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई