आठ अर्ब पुग्यो विश्वको जनसङ्ख्या



मङ्गलबार विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको संयुक्त राष्ट्रसङ्घले अनुमान गरेको छ । संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रक्षेपणले विश्व जनसङ्ख्या सन् २०३० मा ८.५ अर्ब, सन् २०५० मा ९.७ अर्ब र सन् २१०० मा १०.४ अर्ब पुग्ने देखाएको छ ।

विश्व जनसङ्ख्या दिवसको अवसरमा सोमबार सार्वजनिक गरिएको वार्षिक विश्व जनसङ्ख्या सम्भावना प्रतिवेदनमा उल्लेख गरेको छ । सन् २०२० मा एक प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसङ्ख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको देखाएको थियो ।

विश्व जनसङ्ख्या ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात सन् २०३७ सम्ममा पुग्ने अनुमान गरिएको छ । यो विश्व जनसङ्ख्या बृद्धिको समग्र यो दर सुस्त संकेत पनि हो ।

सन् २०२२ सम्ममा, दोस्रो धेरै जनसङ्ख्या क्षेत्रको रुपमा एशिया रहेको छ । एसियाको पूर्वी र दक्षिण–पूर्वी २.३ अर्ब, मध्य दक्षिण एसियामा २.१ अर्ब रचीन र भारतमा १.४ अर्बभन्दा बढी पुगेको बताइएको छ । सन् २०५० सम्ममा विश्वव्यापी जनसङ्ख्याको अनुमानित वृद्धिको आधाभन्दा बढी मात्र आठ देशमा केन्द्रित हुनेछ ।

ती देशमा कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन् । सन् २०२३ मा चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत बन्ने संयुक्त राष्ट्रसङ्घको अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको