शान्ति सम्झौताको पालना गर्ने इथियोपियाली सरकारको प्रतिबद्धता



इथियोपियाली सरकारले यहाँका विद्रोहीहरुसँग हालै भएको शान्ति सम्झौताको कार्यान्वयन हुने जनाएको छ । आइतबार यहाँको सरकारको सूचना तथा सञ्चार विभागले विज्ञप्ति जारी गरी यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।

इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक युद्ध गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा केही दिनअघि युद्धविराम भएको थियो । युद्धविरामपछि सरकार र विद्रोही पक्षका बीचमा शान्ति सम्झौता पनि भएको थियो ।

विज्ञप्तिमा शान्ति सम्झौताको कार्यान्वयनका लागि काम भइरहेको भन्दै यसबाट नागरिकका अधिकारहरुको सुरक्षा हुने पनि बताइएको छ ।

सम्झौताअनुसार नै कतिपय युद्धग्रस्त क्षेत्रका नागरिकलाई मानवीय सहायता पनि पुर्याइएको र यहाँ विभिन्न सहायताकर्मीलाई पनि जान दिइएको भन्दै आगामी दिनमा यही सम्झौता अनुसार नै अघि बढ्ने र यहाँ दुई वर्षभन्दा लामो समयदेखि जारी रहेको हिंसाको अन्त्यको पहल गरिने विज्ञप्तिमा जनाइएको छ ।

युद्धविराम तथा शान्ति सम्झौताको संयुक्त राष्ट्रसङ्घले पनि स्वागत गरेको थियो । यहाँ भएको युद्धविरामको समयलाई लम्बाउन र सरकार र विद्रोहीले गरेको शान्ति सम्झौताबमोजिम इथियोपियामा शान्ति स्थापनाका लागि सबैको सहयोगका लागि आग्रह पनि राष्ट्रसङ्घले गरेको छ ।

यहाँको टिगरे क्षेत्रमा हिंसा जारी राखेको टिगरे पिपुल्स लिबरेसन्स फ्रन्ट समूह र सरकारबीच शान्ति वार्ताका लागि युद्धविराम भएको बताइएको छ ।

टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण यहाँको जनजीवन प्रभावित भएको भन्दै यसबाट नागरिकको शान्तिपूर्ण र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्न तथा देशमा शान्ति स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको राष्ट्रसङ्घको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको