अफगानिस्तानका महिलालाई सार्वजनिक पार्क प्रवेशमा लगाइएको प्रतिबन्ध हटाउन एम्नेष्टीको माग



लण्डनस्थित एम्नेस्टी इन्टरनेसनलले काबुलका सार्वजनिक पार्कमा महिलालाई जान रोक्ने तालिबानको पछिल्लो निर्णय फिर्ता लिन आग्रह गरेको छ । तालिबानले काबुलका सार्वजनिक पार्कहरूमा महिलाहरूलाई प्रतिबन्ध लगाउनु देशमा महिला अधिकारको लागि अर्को धक्का हो ।

सन् २०२१ को अगष्टमा तालिबान काबुल फर्केपछि तालिबानले महिला तथा बालिकाको अधिकारमाथि गरेको योजनाबद्ध आक्रमण र यातना तथा बलपूर्वक बेपत्ता पार्नेलगायत हिंसाको प्रयोगले अफगान समाजमा भयको संस्कृति सिर्जना गरेको छ ।

तालिबानको सदाचार मन्त्रालयले आफ्नो पछिल्लो आदेशमा महिलाहरूलाई काबुलका पार्कहरूमा जानबाट रोकेको टोलो न्यूजले जनाएको छ । हिजाब नमनाउने भएकाले महिलामाथि यो प्रतिबन्ध लगाइएको प्रतिवेदनमा उल्लेख छ ।

अफगानिस्तानमा तालिबान सत्तामा फर्किएसँगै महिलाहरूलाई आवतजावतको स्वतन्त्रता, शिक्षाको अधिकार र राजनीतिक सहभागिताजस्ता आधारभूत अधिकारहरू प्रयोग गर्नबाट वञ्चित गरिएको छ ।

एमनेस्टीले जारी गरेको वक्तव्यमा तालिबानले पूर्ववर्ती सरकारको पालामा महिलाविरुद्ध हुने घरेलु हिंसाका घटनालाई सम्बोधन गर्न बनाइएका संस्थाहरूलाई पनि ध्वस्त पारेको उल्लेख गरेको छ ।

यसबाहेक, समूहले अन्तर्राष्ट्रिय समुदायलाई तालिबान शासनअन्तर्गत महिलाहरूले भोगेको व्यवस्थित पीडा र उनीहरूको अधिकारप्रति आँखा चिम्लन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको