१८ वर्ष पेरिस विमानस्थलको बास, त्यहीँ गयो अन्तिम सास



पेरिसको विमानस्थलमा १८ वर्षसम्म बसेका एक इरानी पुरुषको निधन भएको छ । कूटनीतिक गतिरोधका कारण कतै जान नपाएपछि मेहरन करिमी नासेरीले रोसी सार्ल डु गोल विमानस्थललाई सन् १९८८ मा आफ्नो निवास बनाएका थिए ।

उनको अनुभवमा केन्द्रित रहेर सन् २००४ मा द टर्मिनल चलचित्र बनेको थियो जसमा टम ह्याङ्क्स् मुख्य अभिनेता थिए । नासेरीलाई अन्ततः फ्रान्समा बस्ने अनुमति दिइएको थियो।

तर उनी केही हप्ता अघि विमानस्थल फर्किएका थिए र उनको प्राकृतिक ढङ्गले निधन भएको विमानस्थलका एक जना अधिकारीर्ले बताएका छन् ।

इरानको कुजेस्तान प्रान्तमा जन्मिएका उनी आफ्नी आमाको खोजीमा पहिलो पटक युरोप गएका थिए । केही वर्ष बेल्जियममा विताएका उनलाई बेलायत, नेदरल्याण्ड्स र जर्मनीसहित कैयौँ देशहरूले आप्रवासन सम्बन्धी वास्तविक कागजपत्र नभएको कारण देशबाट निकाला गरेका थिए ।

त्यसपछि फ्रान्स गएका उनले विमानस्थलको टुएफ टर्मिनललाई नै आफ्नो घर बनाएका थिए । आफूसँग भएका सामग्रीहरू राखिएका ट्रलीलाई उनले आफू बस्ने बेन्च बनाएका थिए । आफ्नो दैनिकी नोटबुकमा लेख्ने बानी बसालेका उनले पुस्तक अनि पत्रपत्रिका अध्ययन गरेर दिन बिताउने गरेका थिए ।

उनको कथाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तानेको थियो र उनीबारे चलचित्र बनेपछि कैयौँ पत्रकारहरू उनलाई भेट्न पुगेका थिए । आफूलाई ‘सर अल्फ्रेड’ भनेर चिनाउने उनले एउटा विन्दुमा दिनको ६ वटासम्म अन्तरवार्ता दिएका थिए ।

शरणार्थीको हैसियत र फ्रान्समा बस्न सक्ने अधिकार सन् १९९९ मा दिइएपनि उनी सन् २००६ सम्म विमानस्थलमै बसेका थिए । विरामी भएर उपचारका लागि अस्पताल लगिएपछि मात्रै उनले चलचित्रबाट पाएको पैसाको प्रयोग गरेर होस्टेलमा बस्न थालेका थिए ।

मृत्यु हुनु केही हप्ताअघि उनी विमानस्थलमा फर्किएको एक जना अधिकारीले बताए । उनका अनुसार नासेरीको साथबाट कैयौँ हजार युरो फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको