सुरक्षा कारबाहीमा सोमालियामा १२ विद्रोहीको मृत्यु


सोमाली राष्ट्रिय सेनाले शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा गरेको प्रतिआक्रमणमा अल–शबाबका १२ जना लडाकूहरूलाई मारेको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार सेनाले बुरदार क्षेत्रमा रहेको सैन्य शिविरमा आतङ्ककारीहरूले आक्रमण गर्ने बारे पूर्व सूचना प्राप्त गरेको र त्यसलाई विफल बनाउन प्रतिआक्रमण गरेको थियो।

बुर्दार क्षेत्रमा आक्रमणको क्रममा घाइते भएका तीन जना सैनिकहरूलाई अस्पतालमा भर्ना गरिएको अलीले सोमाली नेशनल न्युज एजेन्सीलाई बताएका छन् ।

हाल त्यस क्षेत्रमा आक्रमणकारीहरूको खोजी गर्नका लागि सेनाले ठूलो अभियान चलाइरहेको छ।