लेबनान पाँचौं पटक नयाँ राष्ट्रपति चयन गर्न असफल


लेबनानको संसद्ले बिहीबार पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुक्दा नयाँ राष्ट्रपतिको निर्वाचन अन्योलमा परेको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ ।

कुल १२८ मध्ये १०८ जना सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व गृहमन्त्रीलाई एक मत परेको थियो । यसैगरी जियाद बराउड र लेबनानको उच्च परिषद को पूर्व महासचिव जियाद हायेकको लागि एक भोट परेको थियो भने ४७ भोट खाली थियो ।

अक्टोबर ३१ मा समाप्त भएको पूर्व राष्ट्रपति मिशेल आऊनको उत्तराधिकारी चयन गर्न संसद असफल भएको यो पाँचौं पटक हो । योसँगै देश थप राजनीतिक अनिश्चिततामा पुगेको छ ।

लेबनानको राष्ट्रपति पद यसअघि पनि पटक–पटक खाली भइसकेको छ । लेबनानको सदनका सभामुख नाबिह बेरीले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि नोभेम्बर १७ मा अर्को संसदीय अधिवेशन बोलाउन आह्वान गरेका छन्।