गुजरात पुल दुर्घटनास्थलमा खोज तथा उद्धार स्थगन



भारतको पश्चिमी राज्य गुजरातका अधिकारीहरूले मोर्बीको मच्छुनदीमा हराएकाहरूको खोजी स्थगन गरेका छन् । गत आइतबार राति मच्छुनदीको झोलुङ्गे पुल भाँचिदा एक सय ४१ जनाको मृत्यभएको थियो भने कैयौँ हराएका थिए ।

उद्धारकर्ताले गएरातिदेखि खोज स्थगन गरेका हुन् । नदीबाट एक सय ७७ जनालाई उद्धार गरिएको र कोही पनि हराएको सूचना प्राप्त नभएकाले खोजी स्थगन गरिएको उनीहरूले बताएका छन् । स्थानीय प्रशासनले त्यसलाई पुष्टि गरेको छ ।

पुल भाँचिदा एक सय जना घाइते भएका थिए । बेलाइतको शासनकालमा शताव्दीअघि निर्मित उक्त पुल सात महिनाको मर्मतसम्भारपछि अघिल्लो साता सञ्चालन गरिएको थियो । पुलको भारवहन क्षमताभन्दा बढी मानिस त्यहाँँ एकत्र भएपछि उक्त दुर्घटना भएको हो ।

पुलको क्षमताभन्दा पाँच सय जना बढी मानिस दुर्घटनाका बेला पुलमा रहेका विवरणहरू सार्वजनिक भएका छन् । स्वदेशी तथा विदेशी पर्यटकका निम्ति मोर्वी पुल आकर्षक गन्तव्य मानिन्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीलगायत केन्द्र र राज्य सरकारका उच्च अधिकारी मोर्बी पुगेर दुर्घटनाबारे जानकारी लिएका थिए । विश्वभरका नेताहरूले उक्त घटनामा मारिएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भारतसरकारसमक्ष शोक व्यक्त गरेका थिए ।

गत मङ्गलबार दुर्घटनामा मारिएकाको सम्झनामा भारत राजकीय शोकमा थियो । पुल मर्मतसम्भारको ठेक्का पाएको ओरेभा ग्रुप अजन्ता म्यानुफ्याक्छचरिङ प्राइभेट लिमिटेडका दुई जना प्रबन्धक, ठेकेदारलगायत नौ जना कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका थिए ।

यद्यपि उनीहरूमाथि नियतवश ज्यान मार्ने उद्योग गरेको अभियोग भने नलगाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको

हमासद्वारा बन्धक रिहाइका लागि कतार र इजिप्टको मध्यस्थता प्रस्ताव स्वीकार

  हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा

चट्याङ लागेर म्यान्मामा ७३ जनाको मृत्यु

म्यान्मामा चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उदृत

भारतमा लोकसभाका लागि तेस्रो चरणको मतदान सुरु

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन