इजरायलमा नेतान्याहुलाई बाहिरिँदै गरेका प्रधानमन्त्रीद्वारा बधाई



इजरायली प्रधानमन्त्री याइर लापिडले मङ्गलबारको आमनिर्वाचनमा भएको जितका लागि बेन्जामिन नेतान्याहुलाई बधाई दिएका छन् ।

लपिडले आफ्ना प्रतिस्पर्धीलाई टेलिफोनमार्फत् शुभकामना दिँदै व्यवस्थित रूपमा शक्ति हस्तान्तरणमा सघाउने बताएका छन् । बिहीबार सार्वजनिक गरिएको अन्तिम चुनावी परिणामका अनुसार नेतान्याहुको लिकुड दल र उसको अति दक्षिणपन्थी तथा धार्मिक गठबन्धनले संसद्को १२० मध्ये ६४ सीटमा जित हासिल गरेको छ ।

यससँगै १४ महिनाअघि सत्ताबाट बाहिरिएका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नाटकीय फिर्ती हुनेछ । चुनावी नतिजाले त्यहाँ सन् २०१९ मा सुरु भएको अभूतपूर्व राजनीतिक गतिरोधको समेत अन्त्य गरेको छ ।

जतिखेर नेतान्याहुमाथि भ्रष्टाचार, छली र विश्वासघातको आरोप लगाइएको थियो जसलाई उनले अस्वीकार गर्दै आएका थिए । जसको सुनुवाइ अझै जारी छ र अर्को अदालती कारबाहीको मिति सोमबार तोकिएको छ ।

मत खसालेर फर्केकाहरूसँग गरिएका सर्वेक्षण अर्थात् एक्जिट पोलले समेत उनले बहुमत सुनिश्चित गर्ने प्रक्षेपण गरेका थिए ।

त्यसलगत्तै नेतान्याहुले लिकुड समर्थकहरूलाई आफूले सरकार बनाउने र त्यसले कुनै अपवादबिना इजरेलका सबै नागरिकहरूको ख्याल गर्ने किनकि राज्य आफूहरू सबैको भएका बताएका थिए ।

इजरायली सञ्चारमाध्यमका अनुसार अन्तिम नतिजामा खासगरी लिकुडले ३२ सीट, लिपिडको मध्यमार्गी येश अटिड पार्टीले २४ सीट, अति दक्षिणपन्थी उग्रराष्ट्रवादी यहुदी धार्मिक गणबन्धनले १४ र रक्षामन्त्री बेनी ग्र्यान्टको मध्यदक्षिणपन्थी नेशनल युनिटी पार्टीले १२ सीट जितेको छ ।

नेतान्याहुले आफ्नो मन्तव्यमा सम्भावित गठबन्धन साझेदारबारे केही उल्लेख गरेका छैनन् तर त्यसमा यहुदी धार्मिक गठबन्धन सहभागी हुने ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा लोकसभाका लागि तेस्रो चरणको मतदान सुरु

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन

म्यान्माका सयौँ सरकारी कर्मचारी जातीय सशस्त्र समूहको कब्जामा

  म्यान्माको एक जातीय सशस्त्र समूहले उसले एक सैन्य कमान्डलाई कब्जा गरेको र

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन सीलाई म्याक्रोनको दबाब

  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान

इजरायलद्वारा पूर्वी रफाह तत्काल खाली गर्न सूचना जारी

  देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली