श्रीलङ्कामा नयाँ सफारी पार्क स्थापना गरिने



श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार वातावरण मन्त्रीलाई उत्तरी प्रान्तमा एक हजार एकडमा सफारी पार्क स्थापना गर्न उपयुक्त जग्गा खोज्न निर्देशन दिएका छन् ।

श्रीलङ्काको चिडियाखानामा जनावरहरूको चाप बढेकाले तिनीहरूको व्यवस्थापनका लागि नयाँ सफारी पार्क आवश्यक रहेको उनले बताए ।

उनले कोलम्बोका केही उपनगरहरूमा रहेका मृगका ठूला बथानहरूलाई पनि स्थानान्तरण गर्न आवश्यक रहेको बताए ।

श्रीलङ्कामा सफारी प्रस्ताव गर्ने धेरै राष्ट्रिय निकुञ्जहरू छन्। यद्यपि, रिडियागामा एक मात्र व्यवस्थित सफारी पार्क रहेको छ जुन ५०० एकडमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

  दक्षिणी पेरुको पुनो क्षेत्रमा एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा १० जनाको

‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको

हमासद्वारा बन्धक रिहाइका लागि कतार र इजिप्टको मध्यस्थता प्रस्ताव स्वीकार

  हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा

चट्याङ लागेर म्यान्मामा ७३ जनाको मृत्यु

म्यान्मामा चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उदृत