दक्षिण अफ्रिकामा खानीमा २१ कामदार मृत फेला



जोहानेसबर्गको क्रुगर्सडर्प रहेका खानीहरूमा २१ जना कामदारहरू मृत फेला परेको प्रहरीले बिहीबार जनाएको छ ।

बुधबार १९ जनाको मृत्यु भएको सामचार सार्वजनिक भएकामा प्रहरीको खोजी र उद्धार टोलीले थप दुई शव फेला पारेपछि मृत्यु हुनेको सङ्ख्या बिहीबार २१ पुगेको छ ।

बुधबार अन्य शव फेला परेको ठाउँबाट बिहीबार बिहान खुल्ला खानीबाट दुई जनालाई निकालिएको छ, प्रहरी प्रवक्ता ब्रेन्डा मुरिडिलीले बताएका छन् ।

क्रुगर्सडर्पका विभिन्न खानीमा १९ जनाको शव फेला परेको जानकारी प्रहरीले बुधबार जानकारी दिएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा लोकसभाका लागि तेस्रो चरणको मतदान सुरु

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन

म्यान्माका सयौँ सरकारी कर्मचारी जातीय सशस्त्र समूहको कब्जामा

  म्यान्माको एक जातीय सशस्त्र समूहले उसले एक सैन्य कमान्डलाई कब्जा गरेको र

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन सीलाई म्याक्रोनको दबाब

  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान

इजरायलद्वारा पूर्वी रफाह तत्काल खाली गर्न सूचना जारी

  देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली