उत्तर कोरियाद्वारा तीनवटा क्षेप्यास्त्र प्रहार



उत्तर कोरियाले एउटा लामो दूरीको र दुई वटा छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका जोइन्ट चिफ्स अफ स्टाफले बताएका छन् । जापानका प्रधानमन्त्री फुमिओ किस्हिदाले एउटा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र हुनसक्ने बताएका छन् ।

बुधबार प्योङ्याङले एकैदिनमा सबैभन्दा धेरै क्षेप्यास्त्रहरू प्रहार गरेपछि यस्तो घटनाक्रम देखापरेको हो । प्योङ्याङको एउटा बालिस्टिक क्षेप्यास्त्रले बुधबार नर्दर्न लिमिट लाइन भनिने दुई कोरियाबीचको एउटा विवादित जलसीमा पार गरेको थियो ।

बुधबार एउटा क्षेप्यास्त्र दक्षिण कोरियाको जल क्षेत्रमा खसेको थियो । सोलले आफ्ना तीनवटा क्षेप्यास्त्र प्रहार गरेर त्यसको जबाफ दिएको छ । अमेरिका र दक्षिण कोरियाले आफ्नो अहिलेसम्मकै ठूलो संयुक्त अभ्यास गरिरहँदा यी घटना भएका हुन् ।

उक्त अभ्यासलाई प्योङ्याङले कडा शब्दमा आलोचना गर्दै त्यसलाई आक्रामक र उक्साहटपूर्ण भएको बताएको छ । बिहीबारको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणका कारण जापान सरकारले आफ्ना केही भेगका बासिन्दाका लागि दुर्लभ रूपमा आपतकालिन सजगताको चेतावनी दिएको थियो ।

उसले उत्तरी क्षेत्रका केही भागमा मानिसहरूलाई घरभित्रै बस्न भनेको छ । टोकियोले सुरुवाती रूपमा क्षेप्यास्त्रले जापानमाथिको आकाश तय गरेको जनाएको थियो ।

तर त्यहाँका रक्षामन्त्रीले पछि त्यो जापानी द्वीप समूह नकाटेको तर सी अफ जापानमाथि विलय भएको बताएका थिए । प्रधानमन्त्री किस्हिदाले पछि उत्तर कोरियाका एक पछि अर्को क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै त्यसलाई नियमहरूको उल्लङ्घन बताएका थिए ।

जापानमाथि उत्तर कोरियाले पाँच वर्षमा पहिलो पटक बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक महिनापछि यो घटना भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको

हमासद्वारा बन्धक रिहाइका लागि कतार र इजिप्टको मध्यस्थता प्रस्ताव स्वीकार

  हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा

चट्याङ लागेर म्यान्मामा ७३ जनाको मृत्यु

म्यान्मामा चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उदृत

भारतमा लोकसभाका लागि तेस्रो चरणको मतदान सुरु

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन