बिहारमा छठ पूजाका क्रममा डुबेर ५३ जनाको मृत्यु



भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चारदिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ जना डुबेका थिए ।

विहारका मुख्यमन्त्री नीतिश कुमारले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनका परिवारलाई क्षतिपूर्तिस्वरुप राज्यकोषबाट चार लाख उपलव्ध गराउने घोषणा गरेका छन् ।

उनले क्षतिपूर्ति बापतको रकम तत्काल पीडितका परिवारलाई प्रदान गर्ने व्यवस्था मिलाउन जिल्लाका सम्बद्ध अधिकारीलाई निर्देशन पनि दिएका छन् ।

प्रकाशको पर्व दीपावलीको अन्त्यसँगै भारतमा छठ पर्व प्रारम्भ हुन्छ । उत्तर एवम् पूर्वी भारतका हिन्दुहरूमा जलाशय तथा नदीमा स्नान गरी सूर्य भगवान्को उपासना गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

  दक्षिणी पेरुको पुनो क्षेत्रमा एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा १० जनाको

‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको

हमासद्वारा बन्धक रिहाइका लागि कतार र इजिप्टको मध्यस्थता प्रस्ताव स्वीकार

  हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा

चट्याङ लागेर म्यान्मामा ७३ जनाको मृत्यु

म्यान्मामा चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उदृत