राहुल गान्धीको योजनामा मल्लिकार्जुन खड्गे पार्टी अध्यक्ष बनेको खुलासा


राजस्थानका मुख्यमन्त्री एवम् काङ्ग्रेस नेता अशोक गहलोतले राहुल गान्धीको चाहनाअनुसार मल्लिकार्जुन खड्गेलाई पार्टीको सर्वोच्च पदमा निर्वाचित गरिएको खुलासा गरेका छन् ।

एकपटक गैर–गान्धी परिवारबाट पार्टीको अध्यक्ष बनाउने राहुल गान्धीको अभिलाषाअनुसार निर्वाचनको अन्तिम समयमा उनले उम्मेदवारी नदिएर खड्गेलाई खडा गरिएको उनले बताएका हुन् ।

गहलातले भने, ‘राहुल गान्धीलाई देशको सबैभन्दा ठूलो र पुरानो पार्टीको अध्यक्ष बनाउन अन्तिम समयसम्म पार्टीभित्र प्रयास जारी थियो किनभने उहाँ मात्र भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई चुनौती दिनसक्ने व्यक्ति हुो भन्ने निष्कर्षमा अडिग रहेर गान्धीलाई नै अध्यक्ष बनाउने पक्षमा थियौँ तर उहाँले पितामाताको त्यो बिरासतलाई एकपट बाहिरबाट नेतृत्वको अवसर दिनुपर्नेमा जोड दिएपछि अन्तिम घडीमा निर्णय परिवर्तन भएको हो।’

पार्टीलाई २२ वर्षसम्म सोनिया गान्धीले गरेको नेतृत्व सधैं स्मरणीय रहने भन्दै उनले गान्धीको कार्यकालमा १३ राज्यमा आफ्नो पार्टीको सरकारका तथा पार्टी प्रमुखको हैसियतमा उनले असल काम गरेको दोहोर्याउँदै नयाँ अध्यक्ष खड्गेप्रति बधाई ज्ञापन गरे ।

मुख्यमन्त्रीले पार्टीलाई बलियो बनाउन आफ्नो तर्फबाट काम गर्ने वाचा पनि गरे । नवनिर्वाचित अध्यक्ष पदभार सम्हाल्नुुअघि महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रिय राजधानीको राजघाट पुगेका थिए भने शान्ति वनमा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी र जवाहरलाल नेहरूलाई शक्ति स्थल पुगेर उनले पुष्पहारसहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

पार्टीमा कुशल कूटनीतिज्ञका रूपमा चिनिएका शशी थरूससँग भएको अध्यक्षको प्रतिस्पर्धामा खड्गेले सात हजार आठ सय ९७ मत पाएका थिए भने थरुरले एक हजार ७२ मत प्राप्त गरेका थिए ।

निर्वाचित भएपछि खड्गेले प्रजातन्त्रको सुदृढीकरण र लोकतन्त्रको रक्षालाई काङ्ग्रेसले सधैँ केन्द्रमा राखेको तथा ७५ वर्षदेखि त्यसैमा लागेको बताए ।