रुसी लडाकू विमान युक्रेनको आवासीय भवनमा खस्दा २ जनाको मृत्यु


एक रुसी लडाकू विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुघंटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।

सैन्य समाचार च्यानल जेभेजडाले प्रकाशित गरेको एउटा भिडियोमा विमान अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको देखाइएको छ ।

क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले उक्त विमान सुखोई एसयू–३४ सुपरसोनिक मध्यम दूरीको लडाकू बमवर्षक भएको बताए ।

समाचार एजेन्सीहरूले आपत्कालीन अधिकारीहरूलाई उदृत गर्दै उक्त दुर्घटनामा कम्तीमा १५ जना घाइते भएका बताएका छन् । उनीहरुले पाइलटहरु बाहिर निस्किएको बताएका छन् ।