श्रीलङ्काद्वारा धान कृषकका लागि चार करोड ३० लाख अमेरिकी डलर अनुदान


श्रीलङ्का सरकारले आगामी कृषि याममा धान खेती गर्ने किसानका लागि प्राङ्गारिक मल अनुदानका लागि १६ अर्ब श्रीलङ्काली रुपैयाँ (चार करोड ३५ लाख ९० हजार अमेरिकी डलर) विनियोजन गरेको छ । कृषिमन्त्री महिन्दा अमरवीराले शनिबार दिएको जानकारी अनुसार कृषकलाई खेती गर्न हौसला प्रदान गर्न सरकारले उक्त रकम बराबरको अनुदान बिनियोजन गरेको हो ।

किसानलाई उच्च गुणस्तरको प्राङ्गारिक मल उपलब्ध गराउन सरकारले कदम चाल्ने उनको भनाइ उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । दक्षिण एशियाली मुलुकमा अझै पनि नरहेको प्राङ्गारिक मलको गुणस्तरीय मापदण्ड बनाउन पनि मन्त्री पुनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

श्रीलङ्काको कृषि विभागले सन् २०२२/२३ को मौसममा धान खेतीका लागि किसानले प्रयोग गर्ने जैविक मलको ३० प्रतिशत हिस्सा सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ ।