मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सीले दक्षिण सुडानमा विस्थापित भएका नागरिकको सहयोगका लागि अपील गरेको छ । सुडानमा रहेका मानवीय सहायतासम्बन्धी एजेन्सीहरुले यहँका नागरिकमा पछिल्लो समयमा मानवीय सहायताको ठूलो खाँचो परेकाले सहयोगका लागि आग्रह गरेका हुन् ।
दक्षिण सुडानको अपर नाइल र जाङ्गेली राज्यमा यसरी विस्थापित हुनेहरुको ठूलो सङ्ख्या रहेकाले उनीहरुको सहयोगका लागि आग्रह गरिएको हो ।
सो क्षेत्रमा सहायताका वितरणका लागि जानसक्ने सुरक्षित मार्ग समेत नभएकाले त्यसका कार्यका लागि यहाँ सहायता वितरण गरिरहेका अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुले पनि अपलि गरेका छन् ।
उनीहरुले यस देशमा विगत लामो समयदेखिएको आन्तरिक द्वन्द्वका कारण दिन प्रतिदिन हजारौँ नागरिक विस्थापित भएको उनीहरुलाई मानवीय सहायताको खाँचो परिरहेको बताएका छन् ।
साथै पछिल्लो समयमा मानवीय सहायताको खाँचो परिरहेको क्षेत्रका नागरिकहरुसम्म पुग्न पनि सहायताकर्मीका लागि समस्या परेकाले यस विषयमा सोच्न सबै अन्तर्राष्टिय समुदाय र संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेका हुन् ।

प्रतिक्रिया