सिरियाको उत्तरी सहर एलेप्पोमा एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको छ । अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको जनाइएको छ ।
एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ । घटनापछि अधिकारीहरूले नजिकका भवनहरु खाली गर्न लगाइएको बताइएको छ ।
भत्किएको भवन गैर कानूनी तरीकाबाट निर्माण भएको अलेप्पोका अधिकारीहरूले जनाएका छन् । सिरियामा बर्षौदेखि जारी युद्धका कारण एलेप्पो सहर ध्वस्त भएको छ । यस सहरमा शरणार्थी स्थलबाट फर्केका केही बासिन्दाहरू क्षतिग्रस्त वा आंशिक रूपमा मर्मत गरिएको भवनहरुमा बस्छन् ।

प्रतिक्रिया