संयुक्त राज्य अमेरिकाले पाकिस्तानलाई कोभिड–१९ खोपको ९० लाख डोजहरू प्रदान गरेको छ। पाकिस्तानलाई अमेरिकी कोभिड–१९ खोपको ७७ मिलियन डोज उपलब्ध गराउने अमेरिकी प्रतिबद्धताको एक भागको रूपमा थप ९ मिलियन बालबालिका र वयस्कहरूका लागि प्रयोग हुने डोज २६ अगस्टमामा आइपुगेको पाकिस्तानस्थित अमेरिकी दूतावासले उल्लेख गरेको छ ।
अमेरिकाले पाकिस्तानमा ९० लाख कोभिड–१९ खोपको डोज उपलब्ध गराएको अमेरिकी राजदूत डोनाल्ड ब्लोमले पुष्टि गरेका छन् ।
पाकिस्तानका स्वास्थ्यकर्मीहरूको विशेषज्ञता र समर्पणसँगै हामीले पाकिस्तानलाई उपलब्ध गराएको खोप, आपूर्ति र तालिमले हाम्रा दुई देश बीचको सहयोगलाई निरन्तरता दिनेछ।
कोरोनाबिरूद्ध लड्न र पाकिस्तानी जनताको स्वास्थ्य र सुरक्षाको रक्षा गर्ने सन्दर्भमा संयुक्त राज्य अमेरिका पाकिस्तानको खोपको सबैभन्दा ठूलो दाता हो।

प्रतिक्रिया