संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुनः हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताएका छन् ।
उनले भनेका छन्,‘इथियोपियामा बढेको हिंसाले मलाई निकै दुःखी तुल्याएको छ, म स्तब्ध भएको छु । गिरे, अमराह, ओरोमस, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, यहाँ थप हिंसा भड्किएको छ यसले मलाई स्तब्ध बनाएको छ ।’
उनले यहाँका विद्रोहीहरु र सरकारका बीचमा जतिसक्दो चाँडो शान्ति वार्ताका लागि पनि जोड दिएका छन् । तर वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा यहाँका विद्रोहीहरु नरहेका अधिकारीहरुले जनाएका छन् । इथियोपियामा हिंसा गरिरहेका टिगरे पिपुल्स लिबरेसन फन्ट, टिपीएलएफले यहाँ केही वर्षयतादेखि हिंसा मच्चाइरहेको छ ।
उनीहरुको सशस्त्र विद्रोहमा परेर कैयौँ नागरिकको ज्यान पनि गएको छ । संयुक्त राष्ट्रसङ्घले पटक पटक यहाँ शान्ति स्थापनाका लागि सरकार र टिपिएलएफका बीचमा वार्ता गर्न आग्रह पनि गरिरहेको छ । केही दिनयतादेखि यहाँको सरकारले वार्ताका लागि गरेको आग्रहलाई बुधबार सो विद्रोही समूहले अस्वीकृत गरेको छ ।
उता संयुक्त राष्ट्रसङ्घले भने शान्तिवार्तामा जोड दिँदै आएको छ । किनभने टिगरेलगायतका यहाँका कतिपय स्थानमा जारी रहेको हिंसाका कारण मानवीय सहायता लिएर गएका सहायताकर्मीलाई पनि सहायता बाँड्न दिएका छैनन् ।

प्रतिक्रिया