मानहानी मुद्दामा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सफाइ


राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र नेता मनिष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा सफाइ दिएको छ ।

अधिवक्ता सुरेन्द्र शर्माले मुद्दा दायर गरेका थिए जसको सन् २०१३ को विधानसभा चुनावमा उनको उम्मेदवारी अन्तिम समयमा रद्द भएको थियो । अतिरिक्त मुख्य महानगरीय मजिस्ट्रेट (एसीएमएम) विधि गुप्ताले शनिबार आदेश जारी गर्दै उजुरीकर्ताले उदृत गरेका रिपोर्टहरूबाट मानहानीको मुद्दा स्थापना हुन नसक्ने बताउँदै यस्तो आदेश जारी गरेका हुन् ।

अदालतले शनिबार आदेश जारी गर्दा तीनै जना अदालतमा उपस्थित थिए । मुद्दा दायर गर्ने अधिवक्ता सुरेन्द्रकुमार शर्माको भने निधन भैसकेको छ । उनको निधनपछि सो मुद्दा उनका भतिजाले अगाडि बढाइरहेका थिए। सो मुद्दामा आरोप खेपिरहेका मुख्यमन्त्रीसहित तीन जनाले लामो समयपछि सफाइ पाएका छन् ।