टर्कीले एक दशक लामो तनावपछि इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने आफ्नो निर्णयको अर्थ प्यालेस्टाइनलाई दिएको समर्थन त्याग्ने भन्ने नभएको बताएको छ ।
इजरायली प्रधानमन्त्री याइर लापिडले राजदूतहरूको पुनःनियुक्तिसहित पूर्ण कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने घोषणा गरे लगत्तै विदेशमन्त्री मेभलुत कावुसोग्लुको यो प्रतिक्रिया आएको हो ।
कावुसोग्लुले यो निर्णयले अधिकांश मुस्लिम, तर आधिकारिक रूपमा धर्मनिरपेक्ष टर्कीलाई गाजा, वेस्ट बैंक र जेरुसेलममा प्यालेस्टिनी हितका लागि पैरबी गर्न अनुमति दिने बताए ।
टर्कीले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिँदैन र यसको दूतावास तेल अभिवमा रहेको छ । कावुसोग्लुले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सूची बुझाएपछि टर्कीका राजदूत नियुक्त गरिने बताए ।
सन् २०१० मा गाजामा लगाइएको नाकाबन्दी तोड्ने उद्देश्यले टर्कीको जहाजमा इजरायली आक्रमणपछि १० जना सर्वसाधारणको मृत्यु भएको घटनाले टर्कीको इजरायलसँगको सम्बन्ध बिग्रिएको थियो ।

प्रतिक्रिया