अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी घर (मार ए लागो रिसोर्ट) मा एफबिआइले छापा मारेको छ । ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजपत्रहरु ल्याएको हुनसक्ने आशंकामा यो कारवाही गरिएको सीएनएनले उल्लेख गरेको छ ।
ट्रम्पले एफबीआइले छापा मारेको पुष्टि गर्दै सो कारवाहीलाई गैरकानुनी भनेका छन् । छापा परेको बेला ट्रम्प न्यूयोर्कस्थि ट्रम्प टावरमा थिए । ट्रम्पले आउने राष्ट्रपति निर्वाचनमा फेरि एकपटक दाबी गर्ने तयारी गरिरहेका छन्।

प्रतिक्रिया