न्युजिल्याण्डका ३२ अधिकारी रुसको कालो सूचीमा


रूसी विदेश मन्त्रालयले शनिबार ३२ जना न्यूजील्याण्डका अधिकारीहरूलाई कालो सूचीमा राखेको छ । ‘न्यूजील्याण्डले रुसी नागरिकहरू माथि प्रतिबन्ध बढाउँदै लगेपछि प्रतिक्रिया स्वरूप ३२ न्यूजील्याण्डका अधिकारीहरूलाई राष्ट्रिय स्टप–लिस्टमा थपेको,’ मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ प्रतिबन्धित अधिकारिहरूमा नगरपालिकाका प्रमुखहरू, कानून प्रवर्तन एजेन्सीका अधिकारीहरू र पत्रकारहरू रहेका मन्त्रालयले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ ती व्यक्तिहरूलाई रुस प्रवेशमा अनिश्चितकालका लागि निषेध गरिएको छ।’ मन्त्रालयका अनुसार प्रतिबन्धको सूची बढ्दै जान सक्नेछ।