रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले मस्कोका कारण विश्वव्यापी खाद्य सङ्कट उत्पन्न भएको आरोप अस्वीकार गरेका छन् । कूटनीतिक अभियानमा इजिप्टमा रहेका उनले कायरो स्थित अरब लिगका राजदूतहरूको भेलामा पश्चिमा देशहरूले विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारेको तथ्य तोडमोड गरेको दाबी गरे ।
उनले पश्चिमा देशहरूलाई अन्य देशमाथि हाबी हुन खोजेको आरोप लगाएका छन् । रुसले युक्रेनमा सुरु गरेको युद्धका कारण अरब र अफ्रिकी देशहरूमा अन्नको चरम अभाव भएको छ । युक्रेनमा उत्पादित अन्नको निर्यात गर्ने सम्बन्धी शुक्रबार भएको एक ऐतिहासिक सम्झौता पनि ओडेसा बन्दरगाहमा शनिबार रुसले आक्रमण गरेपछि अलपत्र परेको छ ।
युद्धबारे आक्रोश बढिरहेका बेला रुसको पक्षमा समर्थन जुटाउन लाभ्रोभ तीन वटा अफ्रिकी देशहरूमा जाँदै छन् । लाभ्रोभले रुसमाथि प्रतिबन्ध लगाउने पश्चिमा देशहरूको आक्रामक प्रस्तुति त्यो युक्रेनको बारेमा नभई विश्व व्यवस्थाको भविष्यबारे भएको सङ्केत दिएको टिप्पणी गरे।

प्रतिक्रिया