डेनमार्कमा शपिङ मलमा बन्दुकधारीले आक्रमण गर्दा तीनजनाको मृत्यु


डेनमार्कको सबैभन्दा ठूलो शपिङ मलहरूमध्ये एकमा एकजना बन्दुकधारीले तीन जनाको हत्या गरेका छन् । अन्य घाइते भएको र उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दक्षिण कोपनहेगनस्थित फिल्ड्स मलमा आममानिसमा आतङ्क फैलाउने आक्रमण गरेको आरोपमा २२ वर्षीय व्यक्तिलाई पक्राउ गरी अभियोग लगाइएको छ । प्रहरी प्रमुख सोरेन थोमसेनले आक्रमणको कारण स्पष्ट नभएको र उनले उक्त कार्यलाई आतङ्कवाद सम्बन्धी कार्य होइन भन्न नसकिने बताए । प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रुर आक्रमण भोगेको बताए।

मृतकका आफन्तलाई समवेदना सन्देशसहित उनले सम्पूर्ण डेनिशहरूलाई यस कठिन घडीमा एकअर्कालाई साथ र सहयोग प्रदान गर्न प्रोत्साहित गर्न चाहेको बताइन् । डेनमार्कको राजपरिवारले पीडितहरू, उनीहरूका आफन्तजन र उक्त घटनाबाट प्रभावित सबैप्रति आफ्नो गहिरो सहानुभूति व्यक्त गरेको छ ।

आक्रमणका शङ्कास्पदलाई पक्राउ गर्दा उनको हातमा राइफल र गोलाबारी रहेको प्रहरीले जनाएको छ । सन्दिग्धसँग सोमवार न्यायाधीशले सोधपुछको गर्ने बताइएको छ । प्रहरीका अनुसार उनीसँग अन्य आक्रमणकारीहरू संलग्न रहेको कुनै सङ्केत भेटिएको छैन र पसल सञ्चालकहरूलाई उनीहरूसँग हुन सक्ने कुनै पनि भियिओ फुटेज सुरक्षित गर्न आग्रह गरिएको छ।