विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गएपनि महामारी भने अझै अन्य नभएको र धेरै देशमा अहिले पनि सङ्क्रमण देखिइरहेको डब्लुएचओका अधिकारीहरूले जनाएका छन् ।
‘महामारीको स्वरूप परिवर्तन भइरहेको छ, तर महामारी अन्त्य भएको छैन, नयाँ नयाँ स्वरूपमा आउने गरेकाले पूर्ण नियन्त्रण गर्न गाह्रो भएको छ,’ डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले भने ।
विश्वभरीको तथ्याङ्क हेर्दा अहिले औसतमा २० प्रतिशत सङ्क्रमण बृद्धि भएको पनि उनले जानकारी दिए । डब्लुएचओले सबै देशलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गर्दै आएको र धेरै देशमा कम्तीमा ७० प्रतिशत जनताले खोप लगाएको पाइएको छ । पछिल्लो १८ महिनामा विश्वभरी १२ अर्ब खोप वितरण गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया