युक्रेनको शपिङ सेन्टरमा भएको रुसी हमला कम्तीमा १६ जनाको मृत्यु



युक्रेनको क्रेमेन्चुक सहरस्थित एक शपिङ सेन्टरमा क्षेप्यास्त्र प्रहार भएपछि कम्तीमा १६ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार सोमबार आक्रमण आक्रमण भएको थियो। घटना हुँदा त्यस व्यस्त केन्द्र भित्र लगभग एक हजार जना मानिस रहेको अनुमान गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए ।

जर्मनीमा आयोजित एक सम्मेलनमा रहेका विश्वका सात धनी राष्ट्रहरूको समूह ’जी सेभेन’का नेताहरूले रुसी आक्रमणलाई “घृणित कार्य“को संज्ञा दिँदै त्यसको निन्दा गरेका छन् । आक्रमणमा परी कम्तीमा ५९ जना घाइते भएका छन् भने मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । यस आक्रमणमा रुसको दोष ठहराइएको छ ।

अनलाइनमा सार्वजनिक तस्बिरहरूले उक्त केन्द्रको भवनमा आगो दन्किरहेको र त्यहाँबाट बाक्लो कालो धुवाँ आकाशतर्फ उडिरहेको देखाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ