रुसद्वारा युक्रेनको राजधानी किएभमा आक्रमण तीव्र



रुसले युक्रेन लक्षित दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ । यो राजधानी किएभमा महिनौँयता भएको सबैभन्दा ठूलो गोलाबारी हो । आक्रमणका कारण किएभस्थित एक आवासीय भवन ध्वस्त भएको छ।

घटनाका क्रममा कम्तीमा एक जनाको मृत्यु र एक सात वर्षीया बालिकासहित छ जना घाइते भएका छन् । युक्रेनले आइतबार किएभ क्षेत्रमा १४ वटा क्षेप्यास्त्र प्रहार भएको तर ती आक्रमण सहरी क्षेत्रभन्दा टाढा भएको बताएको छ ।

अर्को केन्द्रीय सहर चर्कसीमा भएको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । आक्रमणमा पर्ने अर्को सहरमा उत्तर–पूर्वी खार्किभ क्षेत्र समाविष्ट छ ।

विश्वका धनी राष्ट्रहरूको समूह ’जी सेभेन’का नेताहरूले युक्रेन युद्धलाई छलफलको शीर्ष विषय बनाएर दक्षिण जर्मनीको बाभेरियामा तीन दिन लामो शिखर सम्मेलन सुरु गरेपछि युक्रेनमा आक्रमणहरू भएका हुन् । सम्मेलनमा सहभागी नेताहरूले किएभलाई थप सैन्य सहयोग उपलब्ध गराउने र मस्कोमाथि थप प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको महाथिरको आरोप

मलेसियका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् ।

अष्ट्रेलियाले श्रीलङ्कालाई थप दुई करोड ५० लाख डलर सहयोग गर्ने

अस्ट्रेलियाले श्रीलङ्कालाई अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड

पुटिन र सी बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले

सार्वभौमिकताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको चेतावनी

चीनले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चेतावनी