बाइडेनद्वारा बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर



राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गरेका छन् । दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण संघीय विधेयकमा हस्ताक्षर गरेका हुन् । यो वास्तवमा आवश्यकभन्दा कम भएपनि यसले जीवन बचाउने राष्ट्रपति बाइडेनले बताएका छन् ।

यूरोपमा प्रमुख कूटनीतिक शिखर सम्मेलनमा जानुअघि उनले ह्वाइट हाउसमा भने, ‘यो विधेयकले मैले चाहेको सबै कुरा गर्दैन, तर यसमा मैले लामो समयदेखि आह्वान गरेका कार्यहरू समावेश छन् जसले मानिसहरूको ज्यान बचाउनेछ ।’

शनिबार बिहान हस्ताक्षर गरिएको यो विधेयक टेक्सासको उभाल्डेस्थित प्राथमिक विद्यालयमा बन्दुकधारी पसी १९ जना बालबालिका र दुई शिक्षकको हत्या गरेको एक महिनापछि लागू हुनेछ । उक्त हिंसापछि बन्दुकको हिंसा र राजनीतिक निष्क्रियताविरुद्ध देशव्यापी प्रदर्शन भएका थिए । पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष संयुक्त राज्य अमेरिकाभरि २८१ बन्दुक आक्रमणमा परी २१ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही