मध्य मालीमा १३२ सर्वसाधारणको हत्या



मध्य मालीको तीनवटा गाउँमा १३२ जना सर्वसाधारणको हत्या भएको छ । माली अधिकारीहरूका अनुसार, डियालासागौ, डियानवेली, डेगुसागौ गाउँहरू र वरपरका ग्रामीण समुदायहरूमा जुन १८ देखि १९ जुनसम्म भएका बर्बर आक्रमणहरुमा सर्वसाधारण मारिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, नरसंहारका धेरै अपराधीहरूलाई औपचारिक रूपमा पहिचान गरिएको छ, जो अमाडो कौफाको कातिबा मासिनाका लडाकूहरूको हिस्सा हुन्। मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक संकटको सामना गरिरहेको छ । विद्रोह, जिहादी आक्रमण र अन्तर–समुदायिक हिंसाले पश्चिम अफ्रिकी देशमा हजारौंको हत्या र सयौं हजारौंलाई विस्थापित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको नजर आगामी सातासम्ममा इजरायल–हमास युद्धविरामतिर

  अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच नयाँ युद्धविराम सोमबारदेखि सुरु हुनसक्ने

कामको प्रलोभनमा एजेन्टहरूले भारतीय युवालाई रुसी सेनामा भर्ती गरेको खुलासा

बीबीसी । कामको प्रलोभनमा आफूलाई एजेन्टहरूले रुस बोलाएर सेनामा भर्ती गराएको भारतीय केही

टर्कीमा खानीमा फसेका ४ जना कामदारको उद्धार

टर्कीको पूर्वी प्रान्त एलाजिगमा क्रोमाइट खानी भत्किँदा थुनिएका सबै कामदारहरूलाई उद्धार गरेको ऊर्जा

कंगोको सीमा नजिकै पश्चिम बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु

पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ । प्रजातान्त्रिक