विश्वमा विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै धेरै



विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरुको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो सङ्ख्या गत बर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले जनाएका छन् ।

विशेष गरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ । अघिल्लो बर्षको तुलनामा विस्थापितको सङ्ख्या २२ लाख बढी देखिएको छ । विषेश गरेर हिंसात्मक घटनाहरुका कारण बालबालिकाहरु धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ । त्यसैगरी रूस—यूक्रेन युद्धको असर विश्वभरी परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि यूनिसेफले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कामको प्रलोभनमा एजेन्टहरूले भारतीय युवालाई रुसी सेनामा भर्ती गरेको खुलासा

बीबीसी । कामको प्रलोभनमा आफूलाई एजेन्टहरूले रुस बोलाएर सेनामा भर्ती गराएको भारतीय केही

टर्कीमा खानीमा फसेका ४ जना कामदारको उद्धार

टर्कीको पूर्वी प्रान्त एलाजिगमा क्रोमाइट खानी भत्किँदा थुनिएका सबै कामदारहरूलाई उद्धार गरेको ऊर्जा

कंगोको सीमा नजिकै पश्चिम बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु

पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ । प्रजातान्त्रिक

चीनले सन् २०२४ मा एकसय वटा अन्तरिक्ष प्रक्षेपण गर्ने

चीनले यो वर्ष करिब एकसय वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस