दुई बेलायती र एक मोरोक्कोका नागरिकलाई मृत्युदण्ड दिने निर्णय परिवर्तन नहुने



पूर्वी यूक्रेनमा रहेका रूस समर्थक समूहका नेताले यूक्रेनी सेनालाई सहयोग गर्न पुगेका दुई जना बेलायती र मोरोक्कोका एक व्यक्तिलाई दिइने भनिएको मृत्युदण्डको सजायमा कुनै फेरबदल नहुने बताएका छन् ।

तिनीहरू पैसाको लागि सर्वसाधारणलाई मार्न यूक्रेन आएकाले सजायको कुनै पनि कमी वा परिमार्जन नहुने बताएका हुन् । अदालतले तीन जना लडाकूलाई पूर्ण न्यायोचित सजायको घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई उनीहरूको भाग्यलाई बेवास्ता गरेको र पृथकतावादी अधिकारीहरुसँग सम्पर्क गर्न नसकेको आरोप पनि उनले लगाए ।

शनिबार बेलायती प्रधानमन्त्री जोन्सनका प्रवक्ताले बेलायतीहरू एडेन अस्लिन र शाउन पिनर र मोरोक्को ब्राहिम साडुनलाई सुनाइएको मृत्युदण्डको फैसलाले आफूलाई ‘आश्चर्य’ मा पारेको बताएका थिए ।

अस्लिन र पीनरका परिवारका अनुसार यी दुई पुरुष सन् २०१८ देखि यूक्रेनमा बसोबास गर्दै आएका हुन् । शुक्रबार संयुक्त राष्ट्रसंघले रूसी समर्थक विद्रोहीहरूले कैदीहरूविरुद्ध मृत्युदण्ड सुनाएकोमा चिन्ता व्यक्त गरको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

  फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य पाँच देशलाई ब्लकको बजेट