आफगानिस्तानको उत्तरी तखार प्रान्तमा विद्रोहीका एक प्रमुख कमाण्डर सहित आठ विद्रोहीको मृत्यु भएको छ । तखारको प्रान्तीय राजधानी तालुकान शहरको पुलिस जिल्लामा गुप्तचर महानिर्देशनालयको विशेष अपरेसनको क्रममा प्रमुख कमाण्डर युनुस उजबेकिस्तानीसहित आठ विद्रोही मारिएका र उनीहरू लुकेको ठाउँ नष्ट गरिएको तालिबान सरकारले बताएको छ ।
यद्यपि अधिकारीले सुरक्षाकर्मीको हताहती भए नभएको बारे भने केही बताएनन् । स्थानीयवासीका अनुसार यस कारबाहीमा सुरक्षाकर्मीलाई पनि क्षति पुगेको थियो तर सरकारी सेनाको सम्भावित क्षतिबारे अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया