पुटिनद्वारा इसीएचआर निर्णयहरूको पालना नगर्ने कानूनमा हस्ताक्षर


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले मानव अधिकारको युरोपेली अदालत (इसीएचआर) को निर्णयको पालना नगर्ने कानूनमा हस्ताक्षर गरेको क्रेमलिनले जनाएको छ ।

कानूनअनुसार रूसले युरोपेली काउन्सिलबाट बाहिरिने घोषणा गर्दा मार्च १५ पछि अपनाईएको इसीएचआर नियमहरू पालना गर्नेछैन । साथै, ईसीएचआर द्वारा मूल्याङ्कन गरिएको क्षतिपूर्ति रूबलमा मात्र बनाइनेछ र रूसी बैंकहरूका खाताहरूमा मात्र हस्तान्तरण गरिनेछ । उक्त विधेयक फेडरेशन काउन्सिल वा रुसी संसद्को माथिल्लो सदनले बुधबार स्वीकृत गरेको हो ।