बाढीले चीनको जियाङ्सीमा ११ लाखभन्दा बढी मानिस प्रभावित


चीनको जियाङ्सी प्रान्तमा मे २८ देखि जुन १० सम्मको भीषण वर्षा र बाढीबाट ११ लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रान्तले शनिबार साँझ ६ बजे (बेइजिङ समय) देखि बाढी–नियन्त्रण आपतकालीन प्रतिक्रिया शुरु गरेकोप्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सिन्ह्वा समाचार एजेन्सीलाई उदृत गर्दे जनाएको छ । संयन्त्रले तल्लो क्षेत्रहरूमा खतरनाक बाहिरी बिजुली आपूर्तिहरू काट्न, मानिसहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न र शहरहरू, खेतबारी र माछापोखरीहरूको ड्रेनेज प्रणाली जाँच गर्न सुझाव दिएको थियो।

अत्यधिक मौसमले खेतबारी र घरहरू ध्वस्त पारेर २.६५ अर्ब युआन (लगभग ४०० मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक नोक्सान गरेको बताइएको छ। यस अवधिमा करिब ८३ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

मौसम विभागले भविष्यवाणी अनुसार जियाङ्सीमा जुन १२ देखि १४ सम्म उत्तरबाट दक्षिणतिर सर्ने आँधी र केही क्षेत्रमा भारी वर्षा हुने देखिन्छ । चीनसँग चार–स्तरीय रङ–कोड गरिएको मौसम चेतावनी प्रणाली छ ।रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ, त्यसपछि सुन्तला, पहेंलो र निलोले क्रमश कम खतराको सङ्केत गर्छ।