पाकिस्तानमा भ्यान दुर्घटनामा २२ जनाको मृत्यु



पाकिस्तानको बालोचिस्तानको किला सइफुल्ला नजिकै यात्रुबाहक भ्यान दुर्घटना हुँदा बुधबार २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट करिब १०० फिट तल खोल्सामा भरी दुर्घटना भएको र घटनामा परी पाँच बालबालिका, पाँच महिला र ११ पुरूष गरी २२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उप–आयुक्त हाफिज मुहम्मद कासिमले बताए । घटनामा परी एक बालक घाइते भएका छन् भने उनको क्वेटास्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइते व्यक्तिहरूको पर्याप्त उपचार गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले घटनाबारे अनुसन्धान गर्न र भविष्यमा यस खालका दुर्घटना हुन नदिन आवश्यक कदम चाल्न स्थानीय अधिकारीलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको

बुर्किना फासोका विभिन्न गाउँमा भएको आक्रमणमा १७० जनाको मृत्यु

उत्तरी बुर्किना फासोका विभिन्न गाउँहरूमा भएको आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ

कतारी र अमेरिकी राजदूत हमाससँगको वार्ताका लागि कायरोमा

गाजामा युद्धविरामका लागि ‘नयाँ चरणको वार्ता’ शुरू गर्न कतार र संयुक्त राज्य अमेरिकाका

जेलेन्स्कीद्वारा पश्चिमी हवाई रक्षाका लागि आग्रह

  रुसी क्षेप्यास्त्र, ड्रोन र तोप हमलामा कम्तीमा ११ जनाको मृत्यु भएपछि युक्रेनका